Wednesday, January 22, 2025

मधेशमा शुक्रबार पद तथा गोपनियताको सपथ लिने

पछिल्लाे समाचार


रौतहट , ११ पुष //
मधेश प्रदेशका नव निर्वाचित प्रदेशसभा सदस्यहरुले शुक्रबार पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

सोमबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकबाट पुस १५ गते दिउँसो २ बजे सपथ ग्रहणका लागि समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोबिन्द बहादुर न्यौपानेले सपथग्रहण गराउने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयले सपथग्रहणका लागि दुई घण्टा अगावै निर्वाचित प्रदेशसभा सदस्यहरु राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन अनुरोध गरेको छ ।
यस्तै, आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिन अगावै प्रदेशसभा सचिवालयमा जानकारी गराउनु पर्ने जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु