Wednesday, January 22, 2025

भन्सार छलेको लाखौ मुल्यको कपडा बरामद

पछिल्लाे समाचार

रौतहट ८ पुस । गस्तिटोलिले भन्सार छलेको लाखौ मुल्यको कपडा बरामद गरेको छ ।
           पुस ७ गते अन्दाजी ५ बजेजिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर, रौतहटबाट संयुक्त रुपमा खटीएको प्रहरी गस्ती टोलीले  चन्द्र्पुर नगरपालिका वडा नं.६ तल्लोबजार स्थित भीत्रि सडक बाट कपडा बरामद गरेको हो ।
भारतबाट भन्सार छली नेपाल तर्फ भित्र्याई ल्याएको  नौ लाख सन्तान्बे हजार आठ सय पचास वरावरको लेडिज उलन कुर्ता, जेन्स कुर्ता, सुरुवाल र लेहेङगाहरु वेवारिसे अवस्थामा फेला पारी  आवश्यक कारवाहीको लागि  राजश्व कार्यालय पथलैया वारामा बुझाईएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु