रौतहट १९ मंसिर / अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा बहिरा बिधार्थी लाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
रौतहटका निमित प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई को प्रमुख अथितिमा कार्यक्रम सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय अपाङ्ग दिवस डिसेम्वर ३ को उपलक्ष्यमा जन ज्योति उमावि चन्द्रपुर मा अध्ययनरत ५१ जना बहिरा विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको अपाङ्गको हक अधिकारका लागि कृयाशिल युवा नितेश कुमार गुप्ताले जानकारी दिएका छन ।