Thursday, January 23, 2025

बसबरीयामा मुसहर महिला तथा बिद्यार्थीहरुद्वारा प्रदर्शन

पछिल्लाे समाचार


सर्लाही , २० मङ्सिर //
सर्लाहीमा मुसहर समुदायका महिलाहरुमा आमुल परिवर्तन भएको छ ।
सर्लाहीको बसबरीया गाउँपालिकामा मुसहर महिला तथा बिद्यार्थीहरुले महिला हिंसा बन्द गरौ, बाल बिबाह बन्द गरौ, जाँड रक्सी बन्द गरौ, छुवाछुतको भेद भाव बन्द गरौ भन्ने प्लेकार्ड सहीत नारा लगाउदै हिडेका थिए ।

मुसहर महिला सशक्तिकरण मन्च बसबरियाको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानः २०७९ अन्तरगत “सभ्य समाजको पहिचान लैङ्गिक हिसां विरुद्धको अभियान” भन्ने नारा सहित मुसहर महिलाहरु प्लेकार्ड सहित सडकमा उत्रेका थिए ।
१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान कार्यक्रम नगर स्तरीय मुसहर महिला सशक्तिकरण मन्च बसबरियाकी अध्यक्ष सिता देवी माझीको अध्यक्षता तथा बसबरिया गाँउपालिका प्रमुख राम सिहासन रायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अनडेफ तथा साप नेपालको सहयोगमा मुसहर महिला सशतिकरण मञ्च बसबरीयाको आयोजना तथा गाँउपालिकाको समन्वयमा कार्यक्रम संचालन गरेको साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल)का कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए।

कार्यक्रममा बोल्दै बसवरिया गाउपालिकाका प्रमुख राम सिहासन रायले मुसहर महिलाहरुले बाल बिबाह बन्द गरौ, जाँड रक्सी बन्दगरौ, छुवाछुतको भेद भाव बन्दगरौ भन्ने प्लेकार्ड सहीत नारा जुलुस गर्दै सडकमा आएकोमा खुसी प्रकट गर्दै व्यवहारमा उतार्नु पर्ने बताए । यस बिषयमा गाँउपालिकाले समेत आगामी दिनका कार्यक्रम गर्ने उनले भने ।

मुसहर महिला सशक्तिकरण मन्च बसबरीयाकी अध्यक्ष सिता देबी माझीले अझै पनि दलितहरु माथि बिभेद हुने गरेको बताउंदै स्थानिय सरकारले समेत मुसहरहरुको माग नसुन्ने गरेको उनले बताए

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु