रौतहट २० मंसिर /रौतहटको वन पछिल्लो समय चोरी तस्करी बढ्दै गएपछि सरोकारवालाहरुले चिन्ता ब्यक्त गर्न थालेका छन ।
बृन्दावन सव डिभिजन वन कार्यालय अन्तरगतको वनमा चोरी तस्करी बढ्दै गएको स्थानियहरु को गुनासो छ ।
सो वन कार्यालमा कार्यरत वन कर्मचारी जमदार जगदिस हजरा र वनरक्षक किसन साहको कमजोरीका कारण चोरी तस्करी हुने गरेको स्थानियले बताएका छन् ।
तस्कर समुहलाई आर्थिक प्रलोभनमा ती दुबै वन कर्मचारीले नै लाइन मिलाउने गरेको स्थानिले आरोप लगाएका छन् । सो वनमा गत दुई हप्ताको अवधिमा २७ वटा सालको रुख काटेर तस्करले लगेको जानकारहरु बताउछन ।
पहिला पहिला टायर गाडा ,ट्रेक्टर ,साईकल ,जिपमा हुने गरेको काठको चोरी तस्करी पछिल्लो समय मोटर साईकलमा हुने गरेको छ ।
सो वन कार्यालय क्षेत्रमा भइरहेको चारी तस्करी तत्काल रोक्न स्थानियले माग गरेका हुन् ।
तस्करले बलेरीको वनबाट चोरी तस्करी गरेको काठ सर्लाही पुर्याउने गरेका छन ।
बृन्दावन सव डिभिजन वन कार्यालयमा कार्यरत वन कर्मचारी जमदार जगदिस हजरा र वनरक्षक किसन साह संग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।