रौतहट ६ पुस । चन्द्रपुर नपा वडा नम्बर ७ मा सिचाइका लागि काम शुरु भएको छ ।
सो वडाको आवास टोल देखि उत्तर पट्टी सिँचाई बाट वञ्चित करिब ४० विगहा जमीनमा सिँचाईको पहुँच पुर्याउँन काम भैरहेको छ ।
रौतहट क्षेत्र नम्बर ४ (क) बाट निर्बाचित प्रदेशसभा संसद युबराज भट्टराई समिर को पहलमा सिंचाइ सुबिधा पुर्याउने काम भैरहेको छ ।
काम शुरु भएपछि स्थानीय किसान हर्षित छन । सो टोलका ५ सय परिवार सिचाइ बाट लाभान्वित हुने बताईएको छ ।