काठमाण्डौ २७ मंसिर / एमाले त्याग्दै रौतहट–३ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले छुट्टै दल खोल्ने तयारी मा जुटेका छन ।
नेता साहको पार्टीको प्रस्तावित नाम आम जनता पार्टी छ । यद्यपि अरु नाममा पनि छलफल हुन सक्ने बताईएको छ ।
साहले भने “छुट्टै दल खोल्ने तयारीमा छु ।’
पार्टी खोल्नका लागि नामहरु एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भएको छ ।
चुनावमा एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेपछि रुष्ट बनेका पूर्वमन्त्री साहले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी थिएका दिए ।
तत्कालीन नेकपा (माओवादी)मा लागेका नेता साह २०५५ सालमा भूमिगत भए । केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य बने ।
नेता साह २०६४ र २०७० को दुवै संविधानसभामा रौतहट–३ बाट निर्वाचित भएका थिए । २०७४ मा प्रतिनिधिसभा निर्वाचनमा पनि रौतहट–३ बाटै जिते ।
२०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बनेका साह ले शहरी विकास मन्त्रालय समेत सम्हालिसकेका छन ।