रौतहट १५ पुस /नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिधार्थी संघ रौतहटको अध्यक्षमा कांग्रेसका युवा नेता अधिकार लामिछानेलाई जिम्मेवारी दिईएको छ ।
रौतहटको अध्यक्ष पद रिक्त भएको र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले नेपाल बिध्यार्थी संघको विधान २०२७ को छैटौँ संसोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन गर्नेगरी अधिकार लामीछानेलाई ने.बि संघ रौतहट जिल्ला अध्यक्ष पदको जिम्मेवारी दिइएको नेपाल बिध्यार्थी संघका केन्द्रीय कार्य समितिका अध्यक्ष दुजाङ शेर्पा ले जानकारी दिए ।
युवा माझ लोकप्रिय लामीछाने बिधार्थी राजनितिमा सकृय छन । विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउन आफु हर समय सकृय रहने अध्यक्ष लामिछानेले बताए ।