रौतहट २० मंसिर ।
नागरिकले पाँउदैआएको सेवासुबिधाको मागगर्दै जनप्रतिनिधिहरुले नै कटहरिया नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन ।
पुर्वमेयर सियाराम कुश्वाहाको कार्यकालमा नगरबासिले पाँउदै आएको सेवासुबिधा हटाएपछि पुनः पाउनुपर्ने माग सहित निर्वाचित ४ जना वडा अध्यक्षले कटहरिया नगरपालिकामा ज्ञापनपत्र बुझाएका हुन।
वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह कलवार,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त प्रसाद यादव र वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरीले संयुक्त रुपमा कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देवी यादव र नि.प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहलाइ ज्ञापनपत्र बुझाएका छन ।
घरेलु प्रयोजनमा खर्च भएको विधुत महसुल,कृषिकार्यमा खर्च हुने विधुत महशुल ,निशुल्क खानेपानी सेवा ,मालपोत निशुल्क,निशुल्क शौचालय सरसफाई सेवा नगरपालिकाले पुनः सुचारु गर्नुपर्ने माग गरिएको छ ।
छोरीको विवाह गराउने अभिभावकलाई २० हजार र छोराको बिवाह दिउसो गराउने अभिभावक लाई नगरपालिकाले १० हजार रुपैया दिनुपर्ने लगायत ६ बुँदे माग वडाअध्यक्ष हरुले राखेका छन ।
गत आर्थिकबर्षमा कोरोना बाट पिडितको लागि १० हजार का दरले आएको रकम र बाढी पिडित कृषकहरुको लागि आएको रकम कृषकको खातामा अहिलेसम्म नगएको भन्दै तत्काल उपलव्ध गराउन माग गरिएको छ ।
कटहरिया प्राथमिक स्वास्थ केन्द्र लगायत स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव भएको बारे वडाअध्यक्षहरुले ध्यानाकर्षण गराएका छन ।
कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले उक्त मागहरू अगामी बैठकमा पेस गरिने बताएका छन ।
नगरबासिलाई दिंदैआएको सेवासुबिधाहरु गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा कटहरिया नगरमा अजयप्रकाश जैसवाल मेयरमा जितेपछि कटौती गरेको वडा ४ का अध्यक्ष चन्दन कुश्वाहाले बताएका छन ।