Thursday, January 23, 2025

डेक्सबेन्च नहुदा बिधार्थी भुई मा

पछिल्लाे समाचार

रौतहट२०मंसिर /  फतुवाबिजयपुर नगर पालिका – २ मा रहेको श्री माध्यमिक विद्यालयका विद्यार्थीह डेक्सबेन्च नहुदा भुइँमा बसेर पढ्न बाध्य भएका छन् ।
बि.स २०१७ सालमा स्थापना भएको सो बिधालयको भौतिक संरचना निर्माण तर्फ कसैको ध्यान पुगेको छैन ।
  सो बिधालयमा ८ सय विद्यार्थी रहेका छन । विद्यालयमा कक्षा १ देखि ६ सम्मका बिधार्थी चिसो भुइँमा पढ्न बाध्य  छन् ।
आठ कोठे नयाँ भवन निर्माण भएपनि डेक्सबेन्च नहुदा बिधार्थी बस्नको लागि डेक्सबेन्च  छैन् ।
विद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले डेक्सबेन्च नहुदा समस्या भएको बताए ।
  विद्यालयको अवस्थाका विषयमा नगरपालिकाको शिक्षा शाखा सहित कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवलाई जानकारी दिएको तर कसैले ध्यान नदिएको प्रअ यादवको गुनासो छ ।
वडा अध्यक्ष अनिरूद्ध प्रसाद यादव ले नगरपालिकाले उपलब्ध नगराए आगामी आर्थिक वर्षको बजेट बाट बिधालयको लागि डेक्सबेन्च खरिद गर्ने जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु