रौतहट २१ मंसिर /बौधिमाई नगरपालिका को शंकर माध्यमिक विद्यालयमा छात्रवृत्तिको रकम बितरण नभएको गुनासो छ ।
रकम निकासा भएको ५ महिना वितिसक्दा पनि वितरण हुन नसकेको भन्दै अभिभावकले गुनासो गरेका छन ।
नगरपालिकाले शैक्षिक सत्र २०७९/०८० को छात्रवृत्तिको रकम २ लाख ४२ हजार ८ सय रुपैया गएको २०७९ साल असारको अन्तिम सातामा निकासा पठाएको छ ।
वड़ा अध्यक्ष विन्देश्वर राय यादवले प्रधानाध्यापक संजय जयसवाललाई विद्यार्थीलाई छात्रवृत्तिको रकम वितरण गर्न पटक पटक भन्दा पनि वितरण नगरेको गुनासो गरे ।
वडाअध्यक्ष यादवले भने ,”वड़ा बाट कारणसहितको जवाफ पठाउन पत्राचार गरिएको छ “/
विद्यालयमा अध्ययनरत १ हजार ३ सय ७२ विद्यार्थीमा ७ सय ९७ जना लाई छात्रवृत्तिको रकम वितरण गर्नुपर्नेमा नगरपालिकाबाट ७६ हजार रकम अपुग भएकोले बितरण रोकिएको प्रधानाध्यापक जयसवालले बताए ।
छात्राको संख्या ६ सय ३७ र दलित छात्र १ सय ६० रहेको छ नया विद्यार्थी १ सय ९० जनाको रकम न आएकोले समस्या भएको उनले बताए ।यता सो बिधालयमा माध्यमिक तहमा नेपाली , अंग्रेजी , विज्ञानं विषयको शिक्षक नै रहेको छैन,।
प्रधानाध्यापक जयसवाल र सामाजिक शिक्षक १ जना मात्र रहेका छन ।
बिधार्थी धेरै विद्यालयमा १३ जना मात्र शिक्षक कर्मचारी रहेका छन । माविमा २ जना राहतमा १ जना ,निमाविमा ४ र प्रावि तहमा १ जना गरी ५ जना , नीजि स्रोतबाट ३ जना शिक्षक मात्र रहेका छन ।