Thursday, January 23, 2025

चन्द्रपुर नापी कार्यालयमा भू-सूचना प्रणाली

पछिल्लाे समाचार


रौतहट २९ मंसिर /चन्द्रनिगाहपुर नापी कार्यालयले नेपाल भू- सूचना प्रणाली लागू गरेको छ ।
नापी कार्यालयबाट हुने सेवा सहजढंगले घरमै बसेर लिन सकून् भन्ने उदेश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको हो ।
यो प्रणाली लागू भएपछि सेवाग्रहीले आवश्यक कागजपत्र प्रविष्ट भएको फाराममा भरेर अनलाइनबाट नै राजस्व तिरेपछि घरबाट नै नक्सा प्रिन्ट, प्लट रजिस्टर उतार, फिल्डबुक उतार र फिल्ड रेखाङ्कन समेतको सेवा लिन सक्ने नापी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
जग्गा प्रशासनसम्बन्धी सेवालाई समयसापेक्ष बनाउन आधुनिक प्रविधिमा नापी कार्यालय अगाडि बढेको कार्यालय प्रमुख सविन विकले बताए ।
नापी कार्यालयहरूबाट पाउने सेवालाई सरल सहज बनाउन नक्सा यो प्रणाली लागू गरिएको प्रमुख बिकको भनाइ छ ।
यो प्रणालीमार्फत कार्यालयको कामको विभागले समेत निगरानी राख्न सक्ने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु