रौतहट ,२० मङ्सिर //
चन्द्रपुरमा जनप्रतिनिधि संग जनता कार्यक्रम सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थीक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपाल रौतहट र अक्साफम ईन नेपालको सहकार्यमा चन्द्रपुर नगरपालिकाकाका जनप्रतिनिधि र समुदाय बीच जलबायु उत्थानशील कार्यक्रम सम्पन्न भएको हो ।
चन्द्रपुर नगरपालिका प्रमुख काफले लाई सहभागिहरुले बिपद ब्यबस्थापन तथा जलबायु उत्थानशीलका बिषयमा जिज्ञाशा राखेको परियोजना संयोजक कन्चन साहले बताइन ।
सो कार्यक्रममा उनलाई नगरपालिकाले आगामी आर्थीक बर्षको नीति र कार्यक्रममा बिपद ब्यबस्थापन तथा जलबायु उत्थानशील योजना समेटर न्युनिकरण गर्ने उपायको बारेमा जिज्ञासा सहभागिले राखेका थिए ।
सहभागि र जनप्रतिनिधि बीच भएको सो कार्यक्रमको सहजकर्ता संचारकर्मी संजय कार्कीले गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख संजय कुमार काफले, उपप्रमुख जयमाला चौधरी, वडा नम्बर ३ का वडाअध्यक्ष बोधनाथ देबकोटा, ४ नम्बरका कार्यबाहक अध्यक्ष प्रेम कुमार तिमल्सिना, ५ नम्बरका अध्यक्ष नीलहरी कोईराला, ६ नम्बरका अध्यक्ष सहदेब केसी, ७ नम्बर वडाअध्यक्ष बिष्णु उप्रेती, ९ नम्बरका अध्यक्ष नबरबाज देबकोटा, १० नम्बर वडाअध्यक्ष टंकेश्वर चौधरीको उपश्थिती रहेको थियो ।