Wednesday, January 22, 2025

चन्द्रपुरमा खुल्यो जग्गाको कित्ताकाट र रजिष्ट्रेसन

पछिल्लाे समाचार



चन्द्रपुर १४ पुस । चन्द्रपुर नगरपालिकामा मधेश प्रदेशमै पहिलो  जग्गाको कित्ताकांट र मालपोत रजिष्ट्रेसन खुलेको छ ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेको बिशेष पहलमा  मधेश प्रदेशमै पहिलो जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेसन खुलेको हो ।
गत असोज १३ गते बसेको कार्यपालिका बैठकले चन्द्रपुर नगरपालिकाको जग्गालाई व्यापारीक क्षेत्र,आवासिय क्षेत्र र कृषि क्षेत्रमा वर्गिकरण गरि कित्ताकाट र जग्गा रजिष्ट्रेसन गर्न मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुर शाखालाई पत्रचार गरेको थियो ।
लामो समयदेखि बन्द गरिएको जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेसन काम सुरु गरिएको मालपोत कार्यालय चन्द्रनिगाहपुरका कार्यालयका प्रमुख रोशन श्रेष्ठले जानकारी दिएका छन् ।
बिभागीय समस्याले मंसिर २३ गते देखि छोटो समयको लागि बन्द गरिएको जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेसन पु:न खोलिएको मालपोत कार्यालयका प्रमुख श्रेष्ठले बताए ।
चन्दपुर नगरपालिका चन्द्रनिगाहपुरको पुर्व पश्चिम राजमार्ग र चन्द्रपुर गौर सडक क्षेत्रलाई व्यापारीक क्षेत्र,चन्द्रपुर नगरपालिकाका १० बटै वडामा रहेका विभिन्न सडकहरुको दाया बाया सय मिटरसम्म को कित्तालाई आवास क्षेत्र ,व्यापारीक र आवाशिय क्षेत्र बाहेकका कित्ताहरुलाई कृषि क्षेत्रको रुपमा वर्गिकरण गरिएको चन्द्रपु्र नगरपालिकाका नगर प्रमख संजय कुमार काफ्लेले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु