रौतहट २७ मंसिर /नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत आपूर्ती समिति काठमाडौ टेकु बाट चन्द्रनिगाहपुर अस्पताललाइ भिडियो एक्सरे मेसिन र औषधि सहयोग भएको छ ।
करिब २० लाख बराबरको सामाग्रीहरु चन्द्रनिगाहपुर सरकारी अस्पताललाइ सहयोग आएको हो ।
रौतहट क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना को पहलमा अस्पताललाइ सहयोग भएको हो ।
एक्सरे मेसिन तथा ओषधी हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य युवराज भट्टराई समीर को उपस्थिती रहेको थियो ।