Thursday, January 23, 2025

गौर भन्सार बाट लक्ष्य भन्दा आधा राजश्व संकलन

पछिल्लाे समाचार

रौतहट २९ मंसिर /गौर भन्सार कार्यालयले लक्ष्य भन्दा आधा मात्र राजस्व संकलन गरेको छ ।
भन्सारमा रहेका १२ सय भन्दाबढी सानाठुला गाडी थोत्रिदैँ गएका छन । ती थोत्रा गाडीको कतिपय पार्टपुर्जा चोरिएका छन ।
भन्सार राजस्व लक्षको आधामात्र असुल भएको छ । सरकारले विभिन्न वस्तुको आयातमा लगाएको रोक खाद्यान्न परीक्षण गर्ने कार्यालय स्थापना नहुनु र केही महिना देखि जिल्लामा व्यापक रुपमा अवैध रुपले चोरी पैठारी बढेकोले राजस्व घटेको भन्सार कार्यालयको भनाई छ ।
पाँच वर्ष यता बरामद गरीएका एकहजार २ सय बढी सवारी साधनको लिलामी प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
गौर भन्सार कार्यलयले कर्मचारी अभाव  ले समस्या भएको जनाउदै आएको छ ।

    चोरी तस्करी बढ्यो, राजस्व घट्यो

चोरी तस्करी बढेपछि गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन ।
सरकारले विभिन्न वस्तुको आयातमा रोक तथा चोरी तस्करी नियन्त्रण हुन नसक्दा गौर भन्सारले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको हो ।
गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन देखि कात्तिकसम्म ५३ दशमलव २१ प्रतिशत मात्र राजस्व संकलन भएको गौर भन्सार का सूचना अधिकारी रेवती राम रोक्काले जानकारी दिएका छन ।
मंसिर २८ गते सम्म लक्ष्यको आधा भन्दा कम ४५ दशमलव ३० प्रतिशत राजस्व संकलन भएको छ ।
विभिन्न वस्तुको आयातमा लगाएको रोक, खाद्यान्न परीक्षण गर्ने कार्यालय स्थापना नहुनु, केही महिना देखि जिल्लामा व्यापक रुपमा अवैध रुपले निकाशी पैठारी बढ्नु, जस्ता कारणले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको गौर भन्सार कार्यालयका सूचना अधिकारी रेवती राम रोक्काको भनाइ रहेको छ ।

भन्सारमा कर्मचारी अभाव, काम प्रभावित

रौतहट २९ मंसिर /गौर भन्सार कार्यालयमा कर्मचारी आभावका कारण सेवाग्रहीको काम प्रभाबित हुदैआएको छ ।
करिव एक बर्षदेखि कार्यालयमा कर्मचारी आभाव हुँदा दैनिक कामकाज प्रभावित बनेको हो।
गौर भन्सार कार्यालयमा प्रमुख सहित २२ जना कर्मचारीहरुको दरबन्दी रहेपनि १५ जना कर्मचारी मात्र हाजिर रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु