रौतहट २८ मंसिर / गौर नपामा नगर स्तरीय योजनाबाट दुई वटा सामुदायिक भवन र एउटा प्रवेश द्वारको शिलान्यास भएको छ ।
गौरका मेयर शम्भु साहले बुधवार ती योजनाहरुको शिलान्यास गरेका छन ।
ऐतिहासिक स्थल पुरेनवा दरवारलाई विशेष आकर्षण प्रदान गर्ने उदेश्यले मुख्य सडकमा प्रवेश द्वारको निर्माण गर्न लागिएको छ ।
यसैगरी गौर ८ मा सामुदायिक भवन निर्माण को लागि मेयर साहले शिलान्यास गरेका छन ।
नगर स्तरीय योजना अन्तर्गत गौर ४ टिकुलियामा राम जानकी सामुदायिक भवन निर्माण का लागि बुधवार भवनको शिलान्यास भएको छ ।