Wednesday, January 22, 2025

गौरमा मेयर शिलान्यास गर्ने,वडा अध्यक्ष बिरोध गर्ने

पछिल्लाे समाचार


रौतहट, २८ मंसिर । गौर नगरपालिका वडा नम्वर ८ पुरेनवामा बुधवार विहान नगर प्रमुख शम्भु साहद्वारा गरिएको शिलान्यास प्रति वडाध्यक्ष जनार्दन साहले आपत्ती जनाएका छन ।
नगरस्तरिय बजेटबाट नगरप्रमुख शम्भ साहले गौर नपा ८ पुरेनवा स्थित आधारभुत स्वास्थ्य कार्यालय नजिक एलानी जग्गामा २० लाखको लागतमा निर्माण हुने सामुदायिक भवनको शिलान्यास भएको थियो ।
तर सम्बन्धित वडाध्यक्ष संग समन्वय नगरी आफूखुशी बर्थिंग सेन्टरको लागि राखिएको जग्गामा सामुदायिक भवनको शिलान्यास कार्य प्रति घोर आपत्ती रहेको वडाध्यक्ष जनार्दन साहले बताए ।
पाँच दलिय गठबन्धनको सरकार भएपनि गौर का मेयर साहले एकलौटी ढंगबाट मनोमानी गरिरहेको गुनासो पोख्दै वडामा शिलान्यास गर्नु अघि वडाध्यक्ष संग समन्वय नगर्नु गलत कार्य भएको भन्दै वडाध्यक्ष साहले शिलान्यास कार्यक्रमको विरोध जनाए ।
पुरेनवा आधारभुत विद्यालयमा झ्याल ढोका एवं विद्यार्थीलाई बस्ने वेञ्च नहुदा चिसोमा भुईमै बसेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको छ । दाल मिलबाट पुरेनवा आउने सडकमा १० लाखको लागतमा निर्माण गरिने प्रवेशद्वारको शिलान्यास गरेको भन्दै वडाअध्यक्ष साहले आक्रोश पोखे ।
नगरप्रमुख शम्भु साहले वडालाइ वाइपास गरेर हैकमवादी नीति अपनाएकोमा दुखेसो पोख्दै नगरस्तरिय बजेटबाट जुनसुकै वडामा गरिने कार्यलाई वडाध्यक्षको रोहवरमा गरिदा विवाद नहुने बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु