गौर ३ पुस /शहरी विकास डिभिजन कार्यालयका डिईले गौर नगरभरी निर्माण गरिएको नालाहरुमा स्लैब राख्न निर्देशन दिएका छन
उनले गौर नगरको नालामा यथासिघ्र स्ल्याव राखेर प्रयोगमा ल्याउन निर्देशन दिएका हुन ।
यस बारे नगरले पटक पटक तागेदा गर्दा समेत वास्ता नगरेपछि दुर्घटनाको जवावदेहिता सम्बंधित कार्यालयको हुने भन्दै चेतावनी दिएका थिए |
स्ल्याव बिनाको नालाहरु फोहोरले भरिएर जोखिम अवस्थामा छन ।
गौर नपाका मेयर शम्भु साहले अप्रिय घटना घटे शहरी कार्यालय र ठेकेदारको लापरवाही ठहर हुने चेतावनी दिएका थिए ।