रौतहट १६ मंसिर / गत सोमबार मर्निङवाकमा निस्केका गरुडाका व्यापारीको मृत्यु भएको घटनाको ५ दिन बितिसक्दा पनि अन्यौल बनेको छ ।
घटना भएको पाँच दिन बितिसक्दा पनि प्रहरीले घटनाबारे केही पनि बताउन नसक्दा स्थानीय व्यापारीहरु आक्रोशित बनेका हुन्।
आक्रोशित व्यापारीले गरुडा बजार बन्द गरिरहेका छन्। पाँच दिनमा स्थानीय व्यापारीहरुले तीन दिन सडक तथा व्यवसाय बन्द गरेका हुन भने शुक्रबार पनि स्थानीय व्यावसायीहरुले सडक तथा व्यवसाय बन्द गरी प्रदर्शन गरेका हुन्।
अनुसन्धान हुनुपर्ने र सत्यतथ्य बाहिर आउनु पर्ने माग उनीहरूले गरेका छन्।
घटनाको अनुसन्धानमा लापरवाही गर्दै आलटाल गरिरहेको भन्दै स्थानीयले उच्च तहको अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।
छानबिन हुनुपर्ने माग गर्दै स्थानीय व्यावसायीहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले प्रहरीलाई अनुसन्धानको लागि कम्तीमा एक हप्ताको समय दिन व्यावसायीहरु सग आग्रह गरेका छन ।
घटनाबारे बुझ्न मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजि महम्मद मसाउद खाँले गरुडा पुगेका छन ।
गरुडामा पुगेर डिआइजि खाँले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई निर्देशन दिएका छन्।