Thursday, January 23, 2025

कुनै पार्टीमा प्रवेश गरेको छैन: सांसद किरण साह

पछिल्लाे समाचार


रौतहट १४ पुस ।प्रभु साहको अध्यक्षतामा गठित आम आदमी पार्टीमा आफू नरहेको स्वतन्त्र संसद किरण साहले बताएका छन ।
नव गठित सो पार्टीमा संसदिय बिभाग प्रमुखको जिम्मेवारी दिएको भन्ने समाचार कपोकल्पित एवं भ्रामक रहेको सांसद साहले बताएका छ ।
आम जनता पार्टी घोषणा भएको आफुले  विभिन्न संचारमाध्यम बाट सुनेको र आफ्नो नाम   जोडेर संसदीय बिभाग प्रमुख नियुक्त गरेको सुन्दा अचम्मित भएको सासद साहले बताएका छन ।
कुनै समर्थन बिना,आफु खुसी आफ्नो नाम राखेको प्रति  ध्यानाकर्षण भएको उनले बताएका छन ।
बिषम परिस्थितिमा हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य भएको  त्यसको समाधान तीर लाग्नुको सटा  आफ़नो ब्यक्तिगत स्वार्थका कारण  अस्थिरताको खाडलमा धकेलने र नया नया पार्टी खोली देशलाई झन अस्थिरता तिर लान खोजेको आफ्नो बुझाइरहेको सांसद साहको भनाइ छ ।
वर्तमान राजनीतिक संकटको अग्रगामी निकासको लागि बृहत मानवीय एकता ,मानव सभ्यता र संस्कृतिको ख्याल नगरी त्यो सबैलाइ कुल्चिदै आफ्नो ब्यक्तिगत उचाइ हासिल गर्नको निम्ति कसैको नाम जोड्नु दु:खद भएको सासद साहले बताएका छन ।
भ्रामक र प्रायोजित समाचारको भ्रममा नपर्न सम्पुर्ण  कार्यकर्ता र शुभचिन्तक सबैमा सांसद साहले आग्रह गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु