Thursday, January 23, 2025

एकीकृत साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट १७, मंसिर । रौतहटको चन्द्रपुरमा रहेको एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाको उद्घाटन चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा बोल्दै उनले संस्थाको उन्नति र प्रगतिको कामना गर्दै सहकारीले राम्रो काम गरिरहेको भन्दै आगामी दिनमा पनि अझै आक्रामक रूपमा विस्तार हुन सुझाव दिए । सहकारी संस्था भनेको जनताको चेतनास्तर उकास्ने शिक्षालय पनि भएको बताउदै उनले व्यक्तिको प्रवृत्ति र गलत कामले संस्थाको बद्नाम हुनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रमका बिशिस्ट अतिथी रहेका चन्द्रपुर नगरपालिकाका सहकारी प्रमुख नसरे आलमले चन्द्रपुरमा ७० भन्दा बढी सहकारी रहेपनि आफ्नो नीति नियममा नरहेकोले सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप अगाडी बढ्न सल्लाह दिए । सहकारीले स्थानीय स्तरमा छरिएर रहेको श्रम, पूँजी, प्रविधि तथा प्रतिभालाई स्वालम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिकमा बृद्धी गर्ने भएको हुदा सहकारीकर्मीले यसमा बिशेष ध्यान दिनुपर्ने उनले सुझाए ।
असल, विश्वासिलो तथा टिकाउ सहकारी संस्था बनाउन कुनै पनि सहकारी संस्थाले सहकारीको मूल्य मान्यता तथा सिद्धान्तलाई पालन गर्दै सहकारी संस्थाहरु अगाडी बढ्नु पर्नेमा उनको जोड थियो ।
कर्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव गणेश कुमार दाहालले पेस गरेका थिए । शेयर सदस्यतामा बृध्दि, बचत बृध्दि, बचत नीतिमा ब्यबस्था, ऋण सम्बन्धि ब्यबस्था लगायतका कार्यहरुको प्रस्ताब समेत कार्यक्रममा गरिएको छ ।
लेखा समितिका संयोजक जगदिप चौधरीको प्रतिबेदनमा संस्थाको आय ब्यय प्रबाह लाई दुरुस्त राखेको, अघिल्लो साधारण सभाले पारित गरेका कुरा लाई ब्यबस्थापन र कार्यान्वय गरिएको उल्लेख गरिएको छ । कोषाध्यक्ष पार्बती खडकाले शेयर पुजी रकममा गत आर्थीक बर्षमा ६७ लाख ५१ हजार ८ सय भएकोमा यस बर्ष ३९ लाख बृध्दि भई २९ हजार १ सय बृध्दि गरी १ करोड ६ लाख ८० हजार ९ सय पुगेको बताए । गत बर्षको तुलनामा यस बर्ष ७०.५४ प्रतिशत कुल सम्पती बृद्धी भएको उनले जनाए। गत आर्थिक बर्षमा ४ करोड ५४ लाख ५७ हजार ५ सय ६६ रहेकोमा यस आर्थिक बर्षमा बढेर ७ करोड ७५ लाख २५ हजार १०१ रुपैया बृद्धी भएको उनले कार्यक्रममा सुनाए ।
सभामा चन्द्रपुर नगरप्रमुख संजय काफ्ले , सस्थाका अध्यक्ष कृष्ण बहादुर खड्का,नवबिकाश साकोसका दिनेश मैनाली,संकल्प साकोसका प्रकाश तिमल्सिना,पत्रकार संजय कार्की,सहकारी अभियन्ता कालीनदी घिमिरे र चन्द्रपुर नगरपालिकाका सहकारी प्रमुख नसरे आलम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो संस्थाका उपाध्यक्ष ऋषब देब आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो । साधारणसभाको अवसरमा असल ऋणी, उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ कर्मचारी,एकल महिला तथा जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु