रौतहट २१ मंसिर /पछिल्लो समय रौतहटको वनबाट ई रिक्सामा दाउराको नाममा साना साना काठका लाथ्रा चोरी तस्करी हुने गरेको छ ।
बजारमा यात्रु बोक्न छाडेर जंगलबाट दाउरा ओसार्ने ई रिक्साको संख्या चन्द्रपुरमा बढेको छ ।
चन्द्रपुर नगरपालीका क्षेत्रमा चल्ने ई रिक्सा मजदुरहरुले यात्रु बोक्न छाडेर दाउरा बोक्न थालेकाछन् ।
उनीहरुले दाउराको नाममा साना साना सालका काठ रिक्सामा ल्याएर चन्द्रपुर नगरक्षेत्रमा रहेको चिरान मिलमा बिकि बितरण गर्दै आएको स्थानीयको भनाइ रहेको छ ।
राजमार्गको चन्द्रनिगाहपुर लमाहामा खण्डमा दाउरा राखेर ल्याउदै गरेका थुप्रै ई- रिक्सा र अटोहरू भेटिने गरेका छन ।
डिभिजन वन प्रमुख सुनील कर्णले जंगल प्रवेश गरी अवैध रूपमा सालको लाथ्रो काटेर ल्याउने ई-रिक्सा, अटोलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरेकाे बताए ।
चन्द्रनिगाहपुरका केही ई-रिक्सा चालक दिनभरि यात्रु कुरेर ५ सय कमाइ नहुने भन्दै दाउरा लिन जाने गरेको बताछन । बता
एक रिक्सा दाउराको चोक, बजारका होटल व्यवसायी र पाउरोटी कारखानाले २ हजारदेखि २५ सयसम्म दिने उनिहरु बताउछन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इकाइ चन्द्रनिगाहपुरका पूर्वअध्यक्ष केदार तिमल्सिनाका अनुसार चन्द्रनिगाहपुर क्षेत्रमा ४ सयभन्दा बढी ई-रिक्सा र अटो छन ।
दाउरा लिन जंगलमा दैनिक २ दर्जन ई-रिक्सा, जान्छन।