जनकपुरधाम , १५ मङ्सिर //
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ‘मधेश मन्थन’ मा भएको खर्चको हिसाब मागेको छ ।
गत आर्थिक वर्षको अन्त्यमा एउटा सञ्चार गृहले ‘मधेश मन्थन’ कार्यक्रमको आयोजना गरेका थिए ।त्यसमा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत केही मन्त्रालय, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश सभा, जनकपुरधाम उपमहानगरपालिका लगायतका सरकारी निकायहरुको नाम प्रायोजकमा राखिएको थियो ।
स्रोतका अनुसार अख्तियारले निजी संस्थाको कार्यक्रममा सरकारी रकम प्रयोग गरिएकोमा सवाल उठाउँदै विवरण माग गरेको हो ।
अख्तियारले त्यसको प्रक्रिया लगायतका जानकारी पनि माग गरेको स्रोतले जनाएको छ । अख्तियारले यस अघि नै मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का दर्जन बढी सरकारी अधिकारी, ठेकेदार लगायतमाथि साईकल खरिदमा भ्रष्टाचार भएको अभियोगमा मुद्दा दर्ता गरिसकेको छ ।