Wednesday, January 22, 2025

सालको काठ तस्करी बढेको गुनासो

पछिल्लाे समाचार


चन्द्रपुर,१५ मंसिर । रौतहटका बिभिन्न स्थानबाट काठ चोरी,तस्करी बढेको गुनासो बढ्न थालेको छ ।
पहिले टायर गाडा ,ट्रेक्टर ,साईकल ,जिपमा हुने गरेको काठको चोरी तस्करी पछिल्लो समय मोटर साईकलमा हुने गरेको छ ।
चन्द्रपुर नगरपालिका वडानं ३ को गैडाटारबाट वन कर्मचारीको मिलेमतोमा काचा सालका कडी  राती साईकलमा राखेर चन्द्रनिगाहपुर ल्याएर बिक्रि बितरण हुने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
वनमा काचा सालका रुख काट्ने र अर्को समुहले चिरान गरेर कडी बनाउने र त्यसपछि अर्को समुहले साईकलमा राखेर चन्द्रनिगाहपुर सम्म ल्याएर बिक्रि  गर्ने गरेको स्थानिय बताउछन । काठ चोरी तस्करी गर्ने गिरोहसंग गैडाटार  वन डिभिजन कार्यालयका केही कर्मचारीको मिलेमतोमा राष्ट्रिय वनका काटिएका सालका गोलिको चिरान काठ चन्द्रनिगाहपुर आसपासमा निर्माण हुँदै गरेको घरमा प्रयोग हुने गरेको छ ।
चोचा सेक्टरको वनबाट चोरी तस्करी हुने काठ जिल्लाका दक्षिणी भेगमा सञ्चालित  समिल र फर्निचर उद्योगमा मध्यरातको समयमा  साइकल र काधमा बोकेर तस्करहरूले ओसार्ने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
रौतहटको बलेरी ,चोचा ,मैरा ,कनकपुर,सिमरी क्षेत्रबाट काठको तस्करी हुने गरेको छ ।
जिल्लाका बिभिन्न स्थानमा रहेका फर्निचर उद्योगमा लगेर काठ बिक्रि बितरण हुदै आएको गुनासो छ ।
वन कार्यालयले सहज रुपमा काठ बितरण नगरेका कारण चन्द्रनिगाहपुरमा निर्माण हुदै गरेका सयौं घरमा मैरा र गैडाटारबाट चोरी तस्करी गरेर ल्याएको काठ प्रयोग हुंदै आएको चन्द्रनिगाहपुरकाे जानकारहरु बताउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु