Wednesday, January 22, 2025

लैङ्गिक हिंसा न्युनिकरणका लागी पत्रकारसंग अन्तरक्रिया

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट १४ मंसिर । वैदेशिक रोजगारीका कारण हुने लैङ्गिक हिंसालाई न्युनिकरणका लागि पत्रकारहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम
सम्पन्न भएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को आयोजनामा रौतहटको गरुडामा आयोजित कार्यक्रममा वैदेशिक
रोजगारीले भित्राएको सामाजिक लागत अन्तर्गतको लैङ्गिक हिंसाबारे गहन छलफल गरीएको हो । वैदेशिक रोजगारीबाट
विप्रेषणमात्रै नभई बिभिन्न प्रकृतीका सामाजिक समस्याहरु पनि भित्रिएको रौतहटमा सामी कार्यक्रम संयोजक अरबिन्द
कुमार चौधरीले बताए ।
नेपाल सरकारको तथ्यांक अनुसार हालसम्म ५८ लाख नेपालीले श्रम स्विकृती लिएर वैदेशिक रोजगारका लागि गएका छन् ।
जसमध्य २७ प्रतिशत मधेश प्रदेशका जनता रहेको चौधरीले जानकारी दिए । वैदेशिक रोजगारमा जाने महिलाको संख्या पनि
बढ्दै गएकोले विदेशको भुमिमा महिला भएकै कारण सहनुपर्ने हिंसा, घरपरिवारको तर्फबाट दिईने आर्थिक, मानसिक तनाव
आदी वैदेशिक रोजगारका कारण श्रृजित लैङ्गिक हिंसा हुन् । यस्तै श्रीमान विदेशिदा श्रीमती वा घरका अन्य महिलामाथी परिवार
तथा सामाजका बिभिन्न पक्षबाट हुने हिंसा न्युनिकरणका लागि पनि सामी कार्यक्रमले पहल गरीरहेको उनको भनाई थियो ।
लैङ्गिक हिंसा न्युनिकरणको लागि सञ्चार क्षेत्रको भुमिका अझै बढि महत्वपूर्ण हुने चौधरीले बताएका छन् ।
कार्यक्रममा पत्रकार बिना श्रीवास्तवले महिलाहरु आर्थिक र सामाजिक रुपमा सशक्त नबनाउँदासम्म उनीहरूमाथि परिवार र समाजका
सदस्यले हिंसा गर्ने अवस्थाको अन्त्य हुन नसक्ने बताए । पत्रकार बिनाले भनिन “मधेशी समाज अरु समाजभन्दा अलि फरक
छ। यहाँको परम्परा, संस्कृति पनि अलि फरक छ। विकासका सूचकाङ्कका हिसाबले हेर्ने हो भने पनि पिछडिएको छ। त्यसैले
यहाँका महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरण गर्न जरुरी छ।“
त्यसका लागि महिलालाई शिक्षा र रोजगारीका अवसर मिलाउन हरेक निकायले पहल गर्नुपर्ने उनले भने ।
यसैबिच ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक रामराजा केशरीले लैङ्गिक हिंसाका सम्बन्धमा नेपालमा विद्यमान
कानुन तथा यसमा हुने कारवाहि बारे जानकारी दिनुभयो । केशरीले समाजभित्र हुने लैङ्गिक हिंसालाई उदाहरण सहित पेश गर्दै
यसका कारण र कारवाहिको प्रक्रियाबारे बताउनुभएको हो । अझै पनि ग्रामिण क्षेत्रमा लुकेर रहेका हिंसाका घटनालाई
उजागर गरी अपराधिलाई कानुनको दायरामा ल्याउन सञ्चारकर्मीले समेत सहयोग गर्नुपर्ने केशरीको भनाई थियो । लैङ्गिक
हिंसा विरुद्धको १६ दिने अभियान २०७९ अन्तर्गत सामी कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो ।
मधेश प्रदेशमा पनि वैदेशिक रोजगारमा जाने सबै भन्दा धेरै धनुषाका नागरीक रहेका छन् भने सबै भन्दा कम पर्सा
जिल्लाका रहेका छन् । धेरैजना वैदेशिक रोजगारमा जाने कामदारहरुको संख्याको आधारमा रौतहट मधेश प्रदेशको छैठौ
स्थान छ । वैदेशिक रोजगारमा जाने कामदारहरुले विदेशमा अधिकांश निर्माण, उत्पादन तथा होटल, रेष्टुरेन्ट क्षेत्रमा काम
गर्ने गरेका छन् ।
स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं, भन्ने नाराका साथ
सञ्चालीत सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषण रहित बनाउन काम गरीरहेको
छ ।
नेपाल सरकार र स्विजरल्याण्ड सरकारबिचको द्धिपक्षिय सम्झौता बमोजिम जारी तेश्रो चरणको सुरक्षित आप्रवासन सामी कार्यक्रम
रौतहटमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व स्थानिय सरकारको समन्वयमा सेवा प्रदायक संस्था माण्डवीद्धारा
सञ्चालीत छ । यस जिल्लामा चार वटा स्थानिय तहमा सामी कार्यक्रम सञ्चालनमा रहेको माण्डवीकि प्रमुख अञ्जु झाले जानकारी दिईन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु