रौतहट १५ मंसीर / रौतहट गरुडा नगरपालिका मा “सामुदाय-प्रहरी साझेदारी” कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम अन्तर्गत माण्डवी शाखा कार्यालय रौतहट गौरद्वारा संचालित सुरक्षित आप्रावासन (सामी) वैदेशिक रोजगारका कारण हुने लैङ्गिक हिंसालाई न्युनिकरणका लागी कार्यक्रम आयोजना गरिएको ।
संस्थाका कार्यक्रम संचालक अरविन्द कुमार चौधरीको अध्यक्षतामा रौतहट जिल्ला भित्रका स्थानिय पत्रकार तथा इलाका प्रहरी कार्यालय का प्रहरी निरिक्षक राम राजा केशरी लगाएत करीव २० जना को कार्यक्रममा सहभागिता रहेको थियो ।