Friday, January 24, 2025

लेखा फांटबाट हराएको  कागजात योजनाफांटमा फेला, तीनजना कर्मचारी पक्राउ

पछिल्लाे समाचार


रौतहट २ पुस । माधवनारायण नगरपालिका कार्यालयबाट  शुक्रवार तीनजना कर्मचारी पक्राउ परेका छन ।
नगरपालिकाको लेखा शाखाबाट आवश्यक कागजातहरु हराएपछि  इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धानका लागि नगरपालिका कार्यालयमा करारमा कार्यरत कार्यालय सहयोगीहरु अर्जुन साह, राजेश पण्डित र रामलखन हजरालाई नियन्त्रणमा लिएको थियो ।
लेखा प्रमुख रामबलम यादवले आफ्नाे शाखाबाट चालु र पुँजी शीर्षकको कागजात चोरी भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।
काजजात हराएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक राजाराम केशरीको नेतृत्वको टोलीले नगरपालिका कार्यालय बाट हराएको फाइल खोजतलास गरेको थियो ।
फाइल नगरपालिकाको योजना शाखाको स्टील दराजमा  फेला परेको प्रहरी निरिक्षक केशरीले बताएका छन ।
लेखाफांटको कागजात योजना फाँटबाट बरामद भएपछि कार्यालय सहयोगी अर्जुण साह, राजेश पण्डित र रामलखन हजराको संलग्ना रहेको भन्दै अनुसन्धानका लागि  नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केशरीले बताएका छन।
पक्राउ परेका हरुले निमित्त प्रमुख प्रशाकीय अधिकृत मिश्रीलाल साहको आदेशमा  कागजात योजना फांटमा लगेको र त्यही दराजमा राखिदिएको बताएका छन ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मेयर यादवले लेखाफांट बाट कागजात हराएको बारे आफूलाई  जानकारी  नभएको तर सामाजिक सञ्जालबाट मात्र थाहा पाएको बताएका छन्
कमिसन बिना कुनै पनि योजनाको भुक्तानी  नगर्ने गरेको गुनासो बढेपछि लेखापाल रामबलम यादवलाई हटाई अर्को लेखापाल राख्न खोजेको माधवनारायण नपाका मेयर बैजनाथ प्रसाद यादवको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु