Wednesday, January 22, 2025

रौतहटबाट मापदण्ड मिच्दै पशु चौपाया ढुवानी

पछिल्लाे समाचार

   

रौतहट २७ मंसिर / व्यापारीले ढुवानी मापदण्ड मिचेर पशुचौपाया ओसारपोसार गर्ने गरेको पाईएको छ ।
ठूला ट्रक र साना भ्यानमा भैसिगाई लाई कोचेर ढुवानी गर्ने गरेका छन ।
व्यापारीले नियम मिचेर मापदण्डविपरीत पशुचौपाया ओसारपसार गरेको थाहा पाए पनि भेटेनरी अस्पताल पशु सेवा केन्द्र रौतहटवाले बेवास्ता गर्दै आएको छ।
ट्राफिक प्रहरीले पटके जरिवाना मात्र लिदै आएको स्थानीयको गुनासो छ ।
रौतहटको सरुअठा ,राजपुरबाट ट्रकमा कोचेर यातना दिदै भैंसी पाडा काठमाडौ लैजाने गरिन्छ ।
कृषि ज्ञान केन्द्र गौरका प्रमुख राम दास ले व्यपारीलाई सम्झाए पनि अटेरी गरिरहेको बताए। उनले भने पशुलाई यातना दिएर लैजान मिल्दैन ।
उपभोक्तालाई गुणस्तरीय पशुजन्य पदार्थ उपलब्ध गराउन दुवानी सवस्थित गर्न कृषि तथा सहकारी सन्यालय, पशु सेवा विनापदण्ड बनाएको छ।
जिल्ला ट्राफिक कार्यालयले त्यस्ता गाडीलाई १ हजार र १५ सय जरिवाना गरेर पठाउने गरेको छ ।
देशभित्र ओसारपसार गर्दा पशु चिकित्सकद्वारा स्वास्थ्य प्रमाण लिनुपर्छ । पशु दुवानी साधनमा आकस्मिक उपचारका लागि प्राथमिक उपचार सामग्री राख्नुपर्छ । हरेक गाडीमा पशु पठाउने र पाउनेको नाम, पशुको जातको विवरण प्रस्ट देखिने गरी राख्नु पर्ने ब्यवस्था छ ।
व्यापारी मोहम्मद सफल पशु मापदण्डबारेमा आफूलाई जानकारी नै नभएको बताउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु