रौतहट, २६ मंसिर l राजपुर नपाका नगर प्रमुख डा. रजिक आलमले अस्पतालको शिल्यान्यास गरेका छन ।
चुनाव अगाडि ५ वटा प्रमुख योजनालाई पूरा गर्ने वाचा अनुरुप राजपुर नगरपालिका तीनवटा कामलाई अगाडि बढेको छ ।राजपुर नगरपालिका वडा नं. ३ मा १५ शैया अस्पतालको शिलान्यास गर्दै नगर प्रमुख डा. आलम बाँकी रहेका योजनाहरूलाई समयावधि भित्र नै पूरा गर्ने बताए ।
मेयर डा. आलमले शिक्षा, स्वास्थ्य र कृषि पनि आफ्नो प्रमुख मुद्दा भएकोको त्यसमा सकृग भएर अघि बढ्ने बताए ।
राजपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, शेख अनसारुल हकले नगरलाई नमुना बनाऔँ अभिनयान चलेको र नगर प्रमुख, आलमलाई योजना सफल बनाउन साथ दिने धारणा राखे ।
अस्पताल भवन शिलान्यास कार्यक्रमको डाक्टर मोहम्मद, खुर्सैदले सञ्चालन सञ्चालन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख आलम रहेको र बिशिष्ठ अतिथी उप-प्रमुख, जमिला असगरी र प्रशासकीय अधिकृत बैजु ठाकुर, वडा अध्यक्षहरु र स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थितिमा अस्पताल भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।