Thursday, January 23, 2025

मेयर यादवमाथी छानबिनको मागराख्दै अख्तियारमा उजुरी

पछिल्लाे समाचार

रौतहट ६ पुस । माधवनारायण नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै नगरपालिका विरुद्ध अख्तियारमा उजुरी परेको छ।
मेयर बैजनाथ प्रसाद यादव भ्रष्टाचार गरेको भन्दै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा उजुरी परेको छ।
मेयर यादवले खाजा र खानाको नाममा नगरपालिकाको लाखौं बजेट हिनामिना गरेको भन्दै नेकपा माओवादी केन्द्रका माधवनारायण नगर कमिटी अध्यक्ष एवं मेयर प्रत्यासी देवनारायण भगतले आवश्यक छानविनका लागि अक्तियारको कार्यालय हेटौडामा निवेदन दर्ता गराएका छन् । भगतले दिएको निवेदनको दर्ता नं. २३०३ रहेको छ ।
मेयर यादवले कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा को रकम तिरेको भन्दै बिल भुक्तानि गरेका थिए ।
मेयर यादवको आदेशमा विल भरपाइको आधारमा गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ चारजना सय चन्द्रनिगाहपुरको एन प्लाजा होटलको २ लाख ४३ हजार र सोही ठाउँको पशुपति होटलको लगाइएको छ। ४६ हजार रुपैया भुक्तानी दिइएको उल्लेख छ।
नगरको प्रत्येक टोलको पोलपोलमा बिजुली बत्ती लगाउने र नगरपालिका भित्रका विभिन्न कार्यालयका लागि आवश्यक सामग्रीहरु खरिद गर्ने नाममा समेत भ्रष्टाचार भएको आरोप छ।
नगरपालिकाको सम्पत्ति हिनामिना गर्नेमाथि आवश्यक वन गरी दोषीलाई कारवाही गर्न माग गरिएको उजुरीमा उल्लेख छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु