Friday, January 24, 2025

मुसहर बस्तिका धेरै मतदाता रिसाएर भोट दिन गएनन !

पछिल्लाे समाचार

रौतहट १८ मंसिर / चन्द्रपुर–९ स्थित मुसहर बस्तीका अधिकांश मतदान यो चुनावमा नेता देखि रिसाएर भोट दिन  गएनन् ।

मतदाता खोज्दै चुनावको दिन  वडाध्यक्ष नवराज देवकोटा आफैं बस्ती पुगे ।

जनता आवास कार्यक्रमअन्तर्गत बनाइएका घरको छानाको व्यवस्था नगरेसम्म मतदान गर्न नजाने स्थानीयले अडान लिए लिए ।

वडा अध्यक्ष देवकोटाले फकाएर केहीलाई मतदान गर्न लगे, केही नजाने भन्दै अडान कसे ।
जनता आवासले ६ महिनाभित्र सकिने भनेर बनाउन थालेको घर  दुई वर्ष बित्दा पनि पूरा भएको छैन ।

घरको छाना नभएर बिचल्लीमा परेपछि बस्तीवासीले  निर्वाचन बहिष्कार गर्ने सल्लाह गरेका हुन् ।

स्थानिय तहको चुनावमै भोट माग्न जानेहरू सबैले चुनाव पछि हुन्छ भनेर आश्वासन दिएको स्थानीय मनोज माझी मुसहरको गुनासो छ ।

  मनोजको घरमा वृद्ध आमा, साना ४ बालबालिकालगायत ८ जना छन् । उनीहरू सबै प्लास्टिक टाँगेर महिनौ देखि बसेका छन् ।

दुई वर्षदेखि घाम, पानी, हावाहुरी, बर्खा, शीतलहर काटेको मुसहर समुदाय निकै पीडामा छन् । घरमा छाना लगाउन नसकेपछि अधिकांश त्रिपाल , पराल टाँगेर बसेका छन् ।

बस्तीमा ६० घर छन् । तीमध्ये जनता आवास कार्यक्रमअन्तर्गत ५० वटा घर मात्र बनाउन लागिएको हो ।

यो सहरी विकास मन्त्रालयअन्तर्गतको योजना हो । मन्त्रालयले गत वर्ष १२ करोड मात्र बजेट विनियोजना गरेकाले भवन निर्माणको काम सम्पन्न हुन नसकेको सहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख रुद्रनारायण दासले बताए ।

उनले भने ‘हामीले अझै ३० करोड बजेट भयो भने सबै भवन सम्पन्न गर्न सक्छौं भनेर माग गरेका छौं ।

रौतहटमा जनता आवास कार्यक्रमअन्तर्गत १ हजार २ सय ८० घर निर्माणाधीन छन् ।

अधिकाशको छाना, झ्याल, ढोका, र भुइँ ढलान गरिएको छैन । भवन निर्माण समितिकी कोषाध्यक्ष सीमा माझी मुसहरले चुनावका बेला नेताहरूले झूटो बोल्ने गरेकाले मतदान गर्न नगएको बताइन ।

जनता आवास कार्यक्रमले दुईकोठे भवन निर्माणका लागि ३ लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु