मंसिर २९ गते। मधेस प्रदेश सभा सदस्य शोभादेवी साहले एक करोड रुपैया बराबरको जग्गा ईशनाथ नगरपालिकालाई दान गर्ने घोषणा गरेकि छन ।
ईशनाथ नगरपालिकालाई वडा कार्यालय र स्वास्थय चाैकी बनाउन दुई कठ्ठा १६ धुर जग्गा दान दिने घाेषणा उनले गरेका छन ।
ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाका स्थानियले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो साहले यस्तो घोषणा गरेकी हुन ।
जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिकमा निर्वाचित भएपछि जग्गा दान दिने धोषणा गरेकि हुन ।
करोड मूल्य पर्ने जग्गा वडा कार्यलय,स्वस्थ्य चौकी निर्माण गर्न सहयोग भएको भन्दै वडा अध्यक्ष धर्मेन्द्र साहले खुशी व्यक्त गरेका छन ।
साे वडा कार्यालयको भवन बनाउन चालु आर्थिक वर्षमा ४० लाख बजेट राखेको वडा अध्यक्ष साहले बताए ।
ईसनाथ नगरपालिका वडा नम्बर २ औरैया गाउंको विचमा रहेको सो जग्गा मा वडा कार्यालय र अस्पताल वनउन आफुले बजेट पनि व्यवस्था गर्ने प्रतिवद्वता गरेका छन ।
मधेश प्रदेश सदस्य शोभादेवी साहका पति रामायण साह तथा उनका दाजु राज हरण साह , वैकुण्ठ साह र शिवजी साह नाममा रहेको सो जग्गा एक हप्ता भित्रमा वडा कार्यालयको नाममा रजिष्टेसन गरि भवन वनाउन शुरु हुने प्रदेश सभा सदस्य साहले बताए ।
जग्गा दान कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पुर्व प्रदेश सदस्य राम किशोर यादव ,केन्द्रीय सदस्य विवेक यादव ,जनता समाजवादी पार्टीका महमद कलाम लागायतका नेताले जग्गा दाता लाई धन्यवाद दिएका छन ।