रौतहट, ५ पुस । बृन्दावन नगरपालिकामा गर्भवती महिलाको लागि सहज बनाउन प्रोटेबल अलट्रासाउण्ड मेसिन को सेवा शुरु भएको छ ।
बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले गर्भवती महिलाहरुको चेकजाँच मा धेरै समस्या भइरहेकोले आपूर्ति व्यवस्थापन महाशाखाबाट प्रोटेबल अलट्रासाउण्ड मेसिन नगरपालिकालाई उपलब्ध गराएको बताए ।
बृन्दावन नगरपालिकाको गर्भवती महिलाहरुलाई आफनो स्वास्थ्य र गर्भमा रहेको बच्चाको बारे जानकारी लिन धेरै अप्ठयारो भईरहेको अवस्थामा आपूर्ति व्यवस्थापन महाशाखाले एक थान प्रोटेबल अलट्रासाउण्ड उपलब्ध गराएको हो ।
सो मेसिन को १५ लाख मुल्य पर्ने जनाइएको छ ।
उपकरण पाएपछि गर्भवती महिलाहरुले सो सेवाका लागि चन्द्रपुर, गरुडा, गौर, बिरगंज वा काठमाडौँ जानुपर्ने वाध्यता हटेको नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले बताए ।
अल्ट्रासाउण्ड सेवाले ग्रामीण क्षेत्रमा गर्भवती, सुत्केरी आमा र नवजात शिशुको मृत्यु दर कम गर्न तथा जोखिमको अवस्था समयमै थाहा पाएर उपचार सेवा लिन सहज हुने मेयर कुर्मीले बताए ।
अल्ट्रासाउण्ड सेवा प्रवाहका लागि नगरपालिकामा दुई जना तालिम प्राप्त स्वास्थ्यकर्मी रहेका छन ।