Wednesday, January 22, 2025

प्रसूति गृह संचालन का लागी मेयर कुर्मी द्वारा निरिक्षण

पछिल्लाे समाचार

रौतहट ९ पुस । वृन्दावन नगरपालिका- ७ सखुअवा धमौरामा प्रसूति गृह सञ्चालनमा आउने भएको छ।
प्रसूति गृह सञ्चालनका लागि बृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले अनुगमन गरेका छन् ।
नगरपालिकाको बजेट द्वारा निर्माण भएको उक्त प्रसूति गृह आउँदो माघ १ गतेदेखि सञ्चालनमा आउने नगर प्रमुख कुर्मीले बताए ।
प्रसूति सेवा नहुँदा वृन्दावन नगरपालिकाका महिलाहरुलाई सुत्केरी सेवा लिन चन्द्रनिगाहपुर ,वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता थियो ।
प्रसूति गृहको अभावमा कुनै पनि महिलाको ज्यान नजाओस भन्ने उद्देश्यले प्रसूति गृह निर्माण गरिएको मेयर कुर्मीले बताए।
दक्ष प्रसूति स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने सो गृह ५ सैयाको छ। संस्थामा एसबीबीएस डाक्टरले चौबिसै घण्टा सेवा दिने उनले बताए।
केन्द्रमा एकै पटक ५ जना महिलालाई सुत्केरी गराउन सकिने गरी सबै सुविधा उपलब्ध हुनेछ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु