रौतहट २७ मंसिर /सादा पोशाकमा खटिएका सुरक्षाकर्मीका कारण रौतहटको विभिन्न स्थानबाट तस्करी फस्टाउदै गएको गुनासो छ।
अपराध नियन्त्रणका लागी सूचना संकलनमा खटाईएका सादा पोशाकका प्रहरी विभिन्न स्थानमा तस्कर संग सांठगाठ गरि रकम असुल्न थालेको गुनासो छ ।
सादा पोशाकका प्रहरीले खाद्यान्न, लत्ताकपडा, सौन्दर्य सामग्री लगायतका वस्तुहरुमा जिल्लाका दर्जनौ व्यक्तिसग साठगाठ गर्दै आएको गुनासो छ ।
जिल्लाको सदरमुकाम गौर लक्ष्मीपुर, बन्जरहा, नरकटिया, बकुल नाकाबाट तस्करी भईरहेको गुनासो छ ।
नेपालमा उत्पादित युनिलिभर नेपालको सौन्दर्य समान सस्तो पर्ने भएकोले भारतमा यस्को माग अत्यधिक रहेको छ। भारतको बैरगनिया निवासी श्याम तेलीलाई पठाउने उक्त युनिलिभरको सौन्दर्यकरण सामग्री बिहार राज्यमा बन्दै आएको छ।
यस्तै लक्ष्मीपुर नाका भएर कपडा तथा चप्पलका व्यापारी ले तु्करी गर्नेगरेका छन ।
घुमुवा प्रहरीले मासिक रकम बुझेर तस्करलाइ लाइन दिने गरेको जानकारहरु बताउछन ।
गौर भन्सार कार्यालयका प्रमुख वासु नेपालले पनि तस्करी बढेकोने राजस्व संकलनमा कमी आएको बताएका छन ।
रौतहटका एसपी वीरबहादुर बुढा मगरले ने राजस्व प्रभावित हुने कुनै प्रकारको तस्करी नभएको बताउदै यदी कुनै कुरा छ भने छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।