रौतहट १३ पुस । गौरमा अलपत्र रहेको सडक निर्माणको काम सुचारु, भएपछि स्थानिय खुशी भएका छन ।
बिपी चौक देखि जनक बोर्डिंग स्कुलसम्मको बाटो निर्माणको लागि सहमति जुटेपछि सो सडक मा नाला सहितको सडक निर्माणको काम शुरु भएको गौरका मेयर शम्भु साहले बताएका छन ।
राजनीतिक खिचातानी र जग्गा विवादका कारण मजकुटिया सडक निर्माण कार्य रोकिएको थियो ।
स्थानीयहरु संग दुवै तर्फ नाला सहित ४० फिटको सडक बनाउने सहमति पछी सडक निर्माण शुरु भएको छ ।