रौतहट १२ पुस । श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स प्रालिमा टर्वाइन ब्लास्ट हुँदा करोडौँको क्षति भएको छ ।
कटहरिया नगरपालिका ९ डुमरियामा रहेको सो चिनी मिलमा मंगलबार टर्वाइन ब्लास्ट भएको हो ।
मिल संचालक बैजुनाथ साहका अनुसार उखु क्रसिङ गरिरहेका अवस्थामा अचानक टर्वाइन ब्लास्ट भएको थियो ।
टर्वाइन ब्लास्ट हुँदा करिव ५ करोडको क्षति भएको संचालक साहले बताए ।
ब्लास्ट पछि मिल पनि बन्द भएको छ । प्राविधिक टोली भारतबाट बोलाइएको छ । चिनि मिल बन्द हुँदा किसानले बिक्रीको लागि ल्याएको काटेको उखु अलपत्र परेको छ ।