रौतहट, ३ पुस । दुर्गा भगवती गाउँपालिकाले दुई जना प्रदेश सभा सदस्य पाएका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ की इन्दुकुमारी साहलाई नेपाली काँग्रेस मधेश प्रदेशबाट समानुपातिक बाट निर्वाचित र रौतहट निर्वाचन क्षेत्र नम्वर १ को (१) बाट नेपाली काँग्रेसबाट दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा घर भएका नागेन्द्र साह निर्वाचित भएका थिए ।
नेपाली काँग्रेसको मेधश प्रदेशको समानुपातिक सुचीबाट निर्वाचित साह लाइ आईतवार आयोगले प्रदेश सभा सदस्य (साँसद) मा निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको छ ।