सिराहा, २८ कार्तिक //
सिराहामा खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा सोही भट्टामा काम गर्ने भारत पुरनिया थाना खरानचिहत २७ बस्ने खुशिद आलमको छोराहरू १२ वर्षीय अलि हसन तथा १० वर्षीय नबि हसन र भारत अरहरीया थाना जोगबनी मिरगंज २२ बस्ने नन्दलाल दासका छोरा १० वर्षीय नितेशकुमार दास छन्।
सिराहाको मिर्चैया नगरपालिका १० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो ३ जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।