सर्लाही , १ मङ्सिर //
सर्लाहीबाट मिनरल वाटरको कार्टुनमा तस्करी भइरहेको गाँजासहित ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
मलंगवा नगरपालिका ११, गमहरियास्थित बुधबार साँझ एक पेट्रोल पम्पमा पार्किङ गरेर राखेको बागमती प्रदेश ३–०१–००६ ख १७०४ नम्बरको ट्रकबाट १ क्विन्टल ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेस प्रदेशका डिआइजी गणेश ठाडा मगरले जानकारी दिए।
२ नम्वर छिन्नमस्ता बाहिनीको विशेष सूचनाको आधारमा बिओपी मलंगवाबाट खटेको सशस्त्र प्रहरी टोलीले पानीको ८० वटा कार्टुनभित्र लुकाई छिपाई भारततर्फ लैजान लागेको प्रतिबन्धित लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो।
बरामद गरिएको गाँजा र ट्रक आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी जनाएको छ ।