गाैर १७ कार्तिक ।राैतहटका विभित्र नगर पालिकाले चुनावी प्रचारप्रसारमा दैनिक लाखौं रुपैयाँको ईन्धन खर्च गरेको एक कार्यक्रम का सहभागीहरले आरोप लगाएका छन ।
मुख्य निर्वाचन कार्यालय राैतहटले राैतहट क्षेत्र नम्बर ३ को कटहरियामा आयोजना गरेको आचार संहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले साे आराेप लगाएका हुन ।सहभागीहरुले माैलापुर,कटहरिया, गरुडा र गुजरा नगरपालिकाले निर्वाचन आचार संहिता विपरीत दैनिक लाखौं रुपैयाँको (इन्धन )तेलको कुपन नगरपालिका बाट बाडदै गरेकोले सोको छानविन गर्न निर्वाचन अनुगमन समितिसंग माग गरेका छन ।
ती नगरपालिकाका प्रमुखले आ आफ्ना नातेदारको प्रचार प्रसार गर्न तेल कुपन बाडेको प्रमाण सुरक्षित रहेको एक जना उमेदवारले दावी समेत गरेका छन ।
सो कार्यक्रमका सहभागिहरुले उठाएको जिज्ञासाको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले आचार संहिता उलंघन गर्ने उपर उजुरी दिन आग्रह गर्दै कार्यवाही गर्ने प्रतिबद्वता व्यक्त गर्नु भयो ।
सो कार्यक्रम मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीकाे अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उमेदवार रामेश्वर यादव,राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उमेदवार नवीन चाैरसिया , नेपाल सुशासन पार्टीका प्रदेश सभा सदस्य उमेदवार विनोद चाैधरी ,प्रदेश सभा सदस्यका स्वतन्त्र उमेदवार कुन्दन कुशवाहा लगायतका उमेदवारले आचार संहिता उलंघन गर्ने उपर कार्वाही गर्न माग गरेका छन । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय प्रमुख छोटेलाल दास,नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा , निर्वाचन कार्यालय क्षेत्र नम्बर ३का निर्वाचन अधिकृत मेघनाथ चापागाईं ले निर्वाचन आचार संहिता पालना गरि मसिर ४ गते हुने निर्वाचन सफल बनाउन अनुराेध गर्नु भयाे ।
साे अवसरमा राैतहट जिल्ला प्रहरी प्रमुख वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरी उपरीक्षक ध्रुव कार्की , निर्वाचन आचार संहिता अनुगमन अधिकृत अर्जुन बराल, राष्ट्रिय अनुसन्धानका राैतहट प्रमुख मुकुन्द बहादुर खड्का ,क्षेत्र नम्बर २का निर्वाचन अधिकृत राजन नेपाल , क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत गुणराज पराजुली ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक बरुन बहादुर सिंहलगाएतका कार्यालय प्रमुखको सहभागिता रहेको थियो ।