डोम समुदायको महोतरीमा प्रदेश स्तरिय बैठक
महोतरी ११ मंसिर /गत शनिवार महोत्तरी औरही न पा २ मा मधेश प्रदेश स्तरिय डोम समुदायको बैठक बसेको छ ।
शिक्षा स्वास्थ र आरक्षण लगाएतका बिषयमा छलफल भएको डोम जातीका अगुवाहरुले बताएका छन ।
मधेश प्रदेशका सबै जिल्लाहरु बाट डोम समुदायका अगुवाहरुको उपस्थित रहेको थियो ।
निरस मल्लीक को अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बिजय मलिक डोम, विशेष अतिथी दिपेश पासवान , सुरेन्द्र मलिक तथा सो कार्यक्रमको सन्चालन सरोज मलिक डोमले गरेका थिए ।