रौतहट २ मंसिर /रौतहटको गौरमा शुक्रवार नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको लागि रौतहट जिल्लाका सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतले गौर नगरपालिकाको प्राङ्गणमा नमुना मतदान गर्ने अभ्यास गरेका छन् ।
मतदाता हरु लाई र खटिएका कर्मचारीहरु लाई सहज होस भन्नका लागि नमुना मतदानको अभ्यास गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जनाएको छ ।