Thursday, January 23, 2025

गत स्थानियतहको चुनावमा मतपत्र लुटिएको स्थानमा सुरक्षा कडा

पछिल्लाे समाचार


रौतहट ३ मंसिर / स्थानीय तह निर्वाचनमा मतपेटिका लुटेको क्षेत्रमा आउने निर्वाचनमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यमुनाईमा गाउँपालिका–२ स्थित भेडियाही मतदान केन्द्रमा स्थानीयले मतपेटिका लुटेर लगेका थिए ।

यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा बनाईको बताईएको छ ।

सुरक्षा अधिकारीको बैठकमा निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्थाको सबै तयारी पूरा भइसकेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।


बिगतको चुनावमा भएका केही प्राविधिक त्रुटि सच्याउँदै  गल्ती नदोहोरियोस् भन्दै मतदान केन्द्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारीएको बताएएको छ ।
सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन दिँदैनौं सिडिओ शाहीले भने ।
 रौतहट जिल्लामा २ सय ७६ स्थायी र दुई अस्थायी मतदान स्थल छन् । त्यस्तै ५ सय २३ मतदान केन्द्र छन् । तीमध्ये १ सय ४९ मतदानस्थल अतिसंवेदनशील र १ सय १ संवेदनशील सूचीमा छन् ।

जिल्लाभर  नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र म्यादीसहित ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ शाहीले बताए । प्रजिअ शाहीका अनुसार मतदान केन्द्रमा कुनै पनि असामान्य गतिविधि भएमा सुरक्षाकर्मीले गोली प्रहार गर्न सक्ने अधिकार दिइएको छ ।

मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी रहनेछन् । बाहिरी घेरामा सशस्त्र प्रहरी र सेनाले सुरक्षा दिनेछन् ।

जुडिबेला, पौराई, गैंडाटार लगाएत एकदर्जन मतदान केन्द्र सम्वेदनशिल मानिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु