बारा ३ मंसिर । सत्तारुढ गठबन्धनकातर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) विरुद्वमा लागेको भन्दै कांग्रेसले तीनजनालाई पार्टीबाट निष्काशन गरेको छ ।
बारा निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका श्रेष्ठ विरुद्वमा गतिविधी गरेको भन्दै कांग्रेसले बारा जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर, सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई निलम्बन गरेको हो।