रौतहट २४ कार्तिक / अलपत्र परेका ३८ जना भारतिय नागरिकहरुलाई प्रहरीले उद्दार गरेको भारतिय सुरक्षा कर्मीको जिम्मा लगाएको छ ।
कार्तिक २३ गते राति बजे जिल्ला रौतहट परोहा नगरपालिका वडा नं. ४ मा रहेको अमन ईट्टा उधोगमा भारत को उत्तर प्रदेश जिल्ला समत अलियारपुर बस्ने २० जना पुरुष र १८ जना महिला तथा बालबालिकाहरु अलपत्र अवस्थामा रहेको सूचना पाएर गएको प्रहरीको टोलीले उनीहरु लाई उद्दार गरेको हो ।
ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले अलपत्र परेका भारतीय नागरिकहरुलाई उदार गरी भारत बिहार जिल्ला सितामढी बैरगनिया स्थितमा सिमा सुरक्षा बल लाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले जानकारी दिएका छन ।