रौतहट २२ कार्तिक / चन्द्रपुर न.पा.-८ सन्तपुर (म.), मा शुरु भएको छ ।
प्रत्येक वर्ष झै यस बर्ष पनि समाचकेवापर्वको उपलक्ष्यमा श्री कार्तिकेशकुँवर मेला ४५ औं वर्ष प्रवेश गरेको छ ।
महोत्सवमा दर्शक महानुभावहरूको लागि विशेष मनोरञ्जनको व्यवस्था गरिएको छ । रौतहट जिल्लाको थारू कल्चर डान्स कार्यक्रम, १६औं खुल्ला डान्स प्रतियोगिता, कृषि मेला आयोजना र नेपालका राष्ट्रिय कलाकारहरूको प्रस्तुतीको साथसाथै अन्य मनोरञ्जनको लागि रोटेपिङ्ग, मारूति मौतका कुवाँ, सरकस, ब्रेकडान्स, आदि सास्कृतिक कार्यक्रम आयोजना हुने मेला समितिले जनाएको छ ।
कार्तिक २२ गते मंगलवार पुजा,मेला उद्घघाटन,२३ गते बेलुका थारू कल्चर डान्स,२३ गते राति खुल्ला डान्स प्रतियोगिता ,२४ गते दिउसो “संस्कृतिक फेशनशो प्रतियोगिता ,२४ र २५ गते राती जय पौराई बाबा चौधरी म्युजिकल ड्रामा डान्स पार्टी प्रर्दशन हुने मेला आयोजक समितिले जनाएको छ ।
यस्तै २६/२७ गते राती जय बजरंगबली म्युजिकल डान्स ग्रुप छौरादान (बिहार)को डान्सको आयोजना हुदैछ ।
सामाचकेवा महोत्सव तथा श्री कार्तिकेश कंवर, मेला-२०७८ का अध्यक्ष नवेश चौधरी ले सवै तयारी पूरा भएको बताएका छन ।