Sunday, January 26, 2025

सर्लाही स्थित पूर्वपश्चिम राजमार्ग खुल्यो

पछिल्लाे समाचार


सर्लाही , २० कार्तिक //
हरिवनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खुलेको छ।

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै राजमार्ग बन्द गरेका थिए ।

माओवादी केन्द्रका कार्यकर्ताले आफूहरुको माग अनुसार घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्रेकाले राजमार्गको अवरोध हटाएको जनाएको छ ।

सर्लाहीकी बलमाथपि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।

ईलाका प्रहरी कार्यालय हरिवनले पौडेललाई पक्राउ गरे पनि शनिबार छुटेका थिए । तर माओवादीले सडक बन्द गरेपछि पौडेललाई फेरि पक्राउ गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु