Sunday, January 26, 2025

शिक्षाको विकास विना देशको विकास हुन नसक्ने:नेता नेपाल

पछिल्लाे समाचार

रौतहट ३० कार्तिक /
नेकपा एसका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल ले शिक्षाको विकास विना देशको विकास हुन नसक्ने बताएका छन ।
शिक्षा आर्जनका लागि उपयुक्त व्यवस्थापन सहितको विद्यालयको शिक्षाको गुणस्तरमा वृद्धि भए मात्र शिक्षाको स्तर बलियो भए देश बलियो हुने नेता नेपालले बताएका छन।

सतागठबन्धनको तर्फबाट रौतहट क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार माधवकुमार नेपालले घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासको विना देशका विकास हुन नसक्ने हुदा रौतहटको सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइ देशभर शिक्षाको स्तरलाई बलियो बनाउने बताएका छन।

नेता नेपालले घरदैलोका क्रममा मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै , निर्वाचनमा जित हासिल गरेपछि गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु